‘नेपाल स्नेही काख’ ले चाल्यो अनौठो कदम, जमराबाट आम्दानी !

आज विश्व मानसिक स्वास्थ्य दिवस साथै घटस्थापनाको अवसर पारेर ललितपुर कुसुन्दी अवस्थित ‘स्नेह घर’ले शुभकामना आदनप्रदान तथा जमरा रोप्ने कार्यक्रम सम्पन्न गरेको छ । जमरा दशैँका लागि मात्र नभएर संस्थाको आयस्रोतको माध्यम पनि बन्ने संस्थाकी सञ्चालिका श्रीस्नेहाले बताइन् ।

स्नेहाका अनुसार रोपिएको जमराबाट बनेको जुस बेचेर आएको रकम संस्थाको कोषमा जानेछ । सन् २०१० देखि स्नेह घर मानसिक रोगीहरुका निमित्त कार्यरत छ । विभिन्न किसिमका मानसिक रोगी तथा उनीहरुबाट जन्मिएका छोराछोरीका निमित्त घर बनेको उक्त संस्थामा १ महिनाको बालकदेखि ६० वर्षको वृद्धाको बसोबास रहेको छ ।

अहिले स्नेह घरमा २४ महिला, ७ बालबालिका र ११ पुरुष गरी जम्मा ४२ जना सदस्य छन् । आठ वर्षको अवधिमा संस्थाले २९ जना मानसिक रोगीलाई उनीहरुको घरमा पुनस्थापित गरिसकेको छ ।

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?