अमेरिकी डलर बलियो हुँदा पाकिस्तान टाटपल्टिने संघारमा

एजेन्सी : अमेरिकी डलर पाकिस्तानको रुपैयाको तुलनामा धेरै बलियो हुँदा पाकिस्तान टाटपल्टिने संघारमा पुगको छ ।

 भारु कमजोर हुँदा भारतको अर्थतन्त्र हल्लिरहेको बेला पाकिस्तान टाटपल्टिने अवस्थामा पुगेको देखिएको छ ।पाकिस्तानी रुपैया एक डलरको तुलनामा १३९सम्म झ-यो ।

यो एक दिनको गिरावट १०.२४ प्रतिशत रहेको आंकलन गरिएको छ । यसरी १३९मा झरेको दिन बन्द हुँदा पाकिस्तानी रुपैयाको मूल्य १३३.६४मा थियो ।

डलरको तुलनामा भारु पनि ७४ देखि ७५ सम्मको बीचमा हल्लिरहेको छ । पाकिस्तानको व्यापार घाटा निरन्तर बढी रहेकोछ ।

खुला बजारमा डलरको मूल्यबढिरहेकोले थप समस्या उत्पन्न गराएको छ । पाकिस्तानका व्यापारीहरूले अमेरिकी डलरको अभाव हुन सक्ने आंशकामा डलर खरिद गरिरहेका छन् ।

पाकिस्तानले आफ्नो कमजोर अर्थव्यवस्थालाई बलियो बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयोग माग गरेको छ ।

कोषले पाकिस्तानलाई रुपैयालाई एक डलरको तुलनामा १५० पु¥याउन सल्लाह दिएको छ ।

तर पाकिस्तानको एक मुद्रा दलालका अनुसार स्टेट बैंक अफ पाकिस्तानलाई यसो गर्न आवश्यक ने हुँदैन् ।

अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैया त्यो सीमा आफै पूरा गर्नेछ ।
पाकिस्तानको विदेशी मुद्रा भण्डार खाली भइरहेको छ ।१९ सेप्टेम्बरमा पाकिस्तानको विदेशी मुद्रा भण्डार ९ अर्ब अमेरिकी डलर भन्दा तल झरेको थियो ।

यो भण्डार निरन्तर तल झरिरहेको देखिएको छ ।

पाकिस्तानका वित्तमन्त्री असद उमरले यो वर्षको डिसेम्बरसम्म पाकिस्तानलाई ८ अर्ब अमेरिकी डलर बराबरको विदेशी कर्जा भुक्तान गर्नुपर्ने बताए ।

यो भुक्तानी गर्न नसके पाकिस्तानले आफूलाई टाटपल्टिएको स्वीकार गर्नुपर्ने उनको भनाइ थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?