एजेन्सी: अमेरिकामा सर्वाधिक शक्तिशाली आँधीले फ्लोरिडाको पश्चिम उत्तर भागमा बाढी ल्याइदिएकोछ ।
त्यो क्षेत्र जलमग्न भएको छ । माइकल नाम गरेको आँधीको गति २ सय किलोमिटर प्रति घन्टा रहेको थियो ।
तत्काल थाहा पाए अनुसार रूख ढल्दा किचेर १ जनाको मृत्यु भएको छ । माइकल आँधी अलाबामा र जर्जिया तर्फ सरेको छ ।
फ्लोरिडाका गभर्नर रिक स्कटले यो १०० वर्षयताको सबैभन्दा अकल्पनीय ध्वंसकारी भएको बताए ।
फ्लोरिडामा ३ लाख ७० हजार मानिसलाई त्यो क्षेत्र खाली गर्न भनिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया