यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको सटही दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि १ अमेरिकी डलरको खरिददर ११८ रूपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रूपैयाँ ३ पैसा कायम तोकेको छ । बुधबार सर्वाधिक महंगो बनेको डलरको मूल्य अाज ३० पैसाले घटेको छ ।

युरोको खरिददर १३६ रूपैयाँ २५ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९४ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १५५ रूपैयाँ ९८ पैसा र बिक्रीदर १५६ रूपैयाँ ७७ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८४ रूपैयाँ ११ पैसा र बिक्रीदर ८४ रूपैयाँ ५३ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ४६ पैसा र बिक्रीदर १० रूपैयाँ ५१ पैसा, चिनिया युआन १ को खरिददर १७ रूपैयाँ ११ पैसा र बिक्रीदर १७ रूपैयाँ १९ पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रूपैयाँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रूपैयाँ ६९ पैसा, युएर्इ दिहराम १ को खरिददर ३२ रूपैयाँ २४ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४० पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ ५२ पैसा र बिक्रीदर २८ रूपैयाँ ६६ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ४३ पैसा र बिक्रीदर १० रूपैयाँ ४८ पैसा, कुवेती दिनार १ को खरिददर ३९० रूपैयाँ १ पैसा तथा बिक्रीदर ३९१ रूपैयाँ ९९ पैसा र बहरार्इन दिनार १ को खरिददर ३१४ रूपैयाँ १३ पैसा तथा बिक्रीदर ३१५ रूपैयाँ ७२ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?