टेस्ला कम्पनीको चेयरम्यानमा मिडिया शंहशाहका छोरा आउने

एजेन्सी : अमेरिकाको टेस्ला कम्पनीको चेयरम्यानमा मिडियाका शंहशाहका कान्छा छोरा आउने भएका छन् ।

मिडियाको शंहशाहको रूपमा चिनिएका रूपर्ट मर्डोकका कान्छा छोरा जेम्स मर्डोकलेले टेस्ला कम्पनीको चेयरम्यान र प्रमुख कार्यकारी भएर आउने भएको फिनान्सियल टाइम्सले जनाएको छ ।

टेस्लाका चेयरम्यान र प्रमुख कार्यकारी एलन मस्कले गत महिना यो पदबाट राजीनामा दिने जनाएपछि  सो पदमा मर्डोक आउन लागेको फिनान्सियल टाइम्सले जनाएको हो ।

तर मस्कले भने फिनान्सियल टाइम्सको यो समाचारलाई सही नभएको ट्प्पिणी आफ्नो ट्विटरमार्फत गरेका छन् ।

समाचार सही नभएको जनाए पनि यसबार उनले थप केही खुलाएका छैनन् ।

टेस्ला कम्पनीमा वित्तीय अपचलन भएको दाबाी अमेरिकाको वित्तीय नियामक निकायले गरेपछि मस्कले पदबाट राजीनामा गर्ने घोषणा गरेका थिए ।

सन् २०१७मा मर्डोक टेस्लाको बोर्ड सदस्य भएका थिए । मर्डोक हाल अमेरिकाको २१फस्ट सेन्चुरी फक्सका प्रमुख कार्यकारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?