सानीमा र सिद्धार्थ बैंकले दशैंमा पनि सेवा दिने

काठमाडाैं : सानीमा र सिद्धार्थ बैंकले दशैंको बिदामा पनि बैंकिङ सेवा दिने भएका छन् । प्रधान कार्यालय र देशभरका विभिन्न शाखाहरू दशैंमा पनि खुला राख्ने यी बैंकहरूले जानकारी गराएका छन् । 

सानीमाले प्रधान कार्यालय नक्साल, कुमारीपाटी, न्युरोड, सूर्यविनायक शाखा ३० गते फूलपाती र ३१ गते अष्टमीमा पनि सञ्चालन गर्ने भएको छ । यस्तै, यी दिनमा काठमाडाैं उपत्यका बाहिरका इटहरी, दमक, धनगढी, नारायणगढ, नेपालगञ्ज, पोखरा, बिर्तामोड, विराटनगर, बुटवल, लालबन्दी, वीरगञ्ज, सुर्खेत र हेटाैंडा शाखासमेत खुल्ने बैंकले जानकारी दिएको छ ।

सिद्धार्थ बैंकल पनि काठमाडाैं उपत्यकाका हात्तीसार, कुमारीपाटी, न्युरोड र तीनकुने शाखा खुला राख्ने जनाएको छ । काठमाडाैं बाहिरका विराटनगर, वीरगञ्ज, भैरहवा, बुटवल, दमक, धनगढी, जनकपुर, नारायणगढ, नेपालगञ्ज, पोखरा लगायत शाखा पनि फुलपाती र अष्टमीका दिनमा खुला रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?