एजेन्सी: अमेजनले पुरूष कामदार मात्रै छान्ने एआई मेसिन हटायो ।
अमेजनले कृत्रिम बौद्धिकता(एआई) प्रविधि जडान गरिएको कामदार भर्ना उपकरण(रिक्रुटमेन्ट टुल) लैंगिक पूर्वाग्रही भएपछि त्यसलाई हटाएको छ ।
एआई प्रणालीलाई विगत दश वर्षका आवेदनहरूको डेटाका आधारमा त्यो उपकरणलाई प्रशिक्षित गरिएको थियो । त्यो उपकरणले आधिकांश पुरूषप्रति धारणा व्यक्त गरेको दाबी गरिएको छ ।
कामदार छनौटका लागि यो रिक्रुटमेन्ट टुलको प्रयोग गरी गर्न लगाइएको सिफारिशमा यसले पुरूष उम्मेदवारलाई मात्र काममा लगाएको देखियो ।
यो घटना प्रति अमेजनले भने केही जनाएको छैन् । पाँच सदस्यीय एक टोलीले मेसिनलाई सन् २०१४मा देखि सिकाउन शुरू गरेको थियो ।
यी प्रशिक्षकहरू मध्ये कसैले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा यो जानकारी दिए । अमेजन कम्पनीमा ६० पुरूष र ४० महिला कामदारको अनुपात अहिले छ ।
अमेरिकाको मानव संशाधन प्रवन्धकहरू मध्येका ५५ प्रतिशतले एआईले कर्मचारी छान्ने काममा महत्वपूर्ण भूमिका आगामी ५ वर्षमा गर्न सक्ने जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया