जनउत्थान लघुवित्तको शेयर ९ महिना बित्दा समेत सूचीकरण भएन

काठमाडाैं : अाफ्ना शेयरधनीका लागि २०७४ पुसमा २०% बोनस शेयर जारी गरेको जनउत्थान लघुवित्त विकास बैंकले ९ महिना बितिसक्दा पनि नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण गराउन सकेको छैन । 

धितोपत्र बोर्डको बोनस शेयर निष्काशन निर्देशिका, २०६७ मा साधारण सभाले पारित गरेको बोनस ३० दिन भित्र अनिवार्य रुपमा बोर्डमा दर्ता गराई धितोपत्र बजारमा सूचीकरणका लागि निवेदन गरिसक्नुपर्ने व्यवस्था भएपनि जनउत्थानको साधारणसभाले पारित गरेको बोनस शेयर ९ महिना बितिसक्दा समेत नेप्सेमा सूचीकरण नभएको हो । 

कार्यक्षेत्र विस्तार गर्ने भन्दै लघुवित्तले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधनमा ढिलार्इ गर्दा सेयर सूचीकरणमा समस्या भएको हो । राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृती प्रकृयामा ढिलार्इ भएकाले बोनस सेयर सूचीकरणमा पनि बिलम्ब भएको लघुवित्तले दाबी गरेको छ । 

गत पुस ३० गते बसेको यो लघुवित्तको ७ अाैं साधारणसभाले शेयरधनीहरूलार्इ २०% बोनस शेयर दिने प्रस्ताव पारित गरेको थियो । रूपन्देहको बुटवलमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्तले हाल पश्चिमका विभिन्न १८ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?