काठमाडाैं : एनसीसी बैंकले अाफ्ना शेयरधनीका लागि जारी गरेको ५०% हकप्रद शेयर बेच्न असफल भएको छ । बिक्री प्रबन्धक सनरार्इज क्यापिटलका अनुसार कूल कित्तामध्ये ६०% का लागि मात्र लगानीकर्ताले अावेदन दिएका छन् । नबिकेको बाँकी ४०% शेयर (करिब ९३ लाख कित्ता) अब लिलाम गर्नुपर्नेछ ।
यो बैंकले २:१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर जारी गरेकोमा १ करोड ४१ लाख कित्ता हाराहारीमा मात्र शेयर बिक्री भएको छ । पहिलो चरणमा सबै हकप्रद नबिकेपछि १५ दिन समय थप्दा पनि बैंकको हकप्रदमा शेयरधनीहरूले रूची नदेखाएका हुन् ।
हकप्रद बेचेपछि प्राप्त रकमलार्इ बैंकले शाखा विस्तार र तरलता व्यवस्थापनमा खर्च गर्ने जनाएको छ । अहिले एनसीसीको चुक्ता पूँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार २ सय रूपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यो बैंकको चुक्ता पूँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार ३ सय रूपैयाँ पु-याउने योजना समेत थियो ।
प्रतिशेयर आम्दानी २६ रूपैयाँ ५१ पैसा रहेको एनसीसीले गत आर्थिक बर्षभित्र १ अर्ब २४ करोड ९ लाख ९ हजार रूपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।
Leave a comment
यो पनि नछुटाउनुहोस्
बैंकहरूले निक्षेप संकलनमा सुधार गरे, तरलता सहज हुने संकेत
काठमाडाैं : कर्जा-पूँजी-निक्षेप (सीसीडी) अनुपातको अन्तिम सिमा नै भेट्नेगरि कर्जा प्रवाह गरेका, तर निक्षे...
कात्तिक २५, २०७५ | आइतबारब्याजदरमा प्रतिष्पर्धा गर्दै बैंक, कून बैंकले कति दिँदै ? (तालिका)
काठमाडाैं : बैंकमा पैसा राख्ने नागरिकलार्इ व्याजदरबापत दिनुपर्ने रकममा सिन्डिकेट लादेको नेपाल बैंकर्स स...
असार २, २०७५ | शनिबारधितोपत्र बोर्ड नै 'खटिँदा' पनि बिकेन एनएमबी बैंकको एफपीअो
काठमाडाैं : एनएमबी बैंकको एफपीअो बेच्न नेपाल धितोपत्र बोर्ड नै सक्रिय देखिएपनि बिक्री अाब्हान भएको ९ अा...
असार ९, २०७५ | शनिबारब्याजदरमा बैंकको सिन्डिकेट तोडियो
काठमाडाैं : बैंकिङ क्षेत्रमा सिन्डिकेट चलाउँदै अाएको नेपाल बैंकर संघले बैंकहरूमा लादेको व्याजदरमाथिको...
जेठ २८, २०७५ | सोमबारनिक्षेपमा ब्याजदर 'सिन्डिकेट' तोडिएसँगै बढी ब्याज दिन बैंकहरूबीच प्रतिष्पर्धा
काठमाडौं : निक्षेप र कर्जाको ब्याजदरमा 'सिन्डिकेट' लादिरहेको नेपाल बैंकर्स एशोसियसनले निक्...
मंसिर १९, २०७५ | बुधबार