चिनियाँ जासुसले अमेरिकी गुप्त व्यापारिक सूचना चोरेको आरोप

एजेन्सी :अमेरिकाको न्याय विभागले एक संदिग्ध चिनियाँ गुप्तचरले आर्थिक गतिविधिको जासुसी गरेको आरोप लगाएको छ ।

अमेरिकी अधिकारीहरूले यान्जुन झुले अमेरिकाको हवाई क्षेत्रका कार्यरत कम्पनीहरूको गुप्त व्यापार गतिविधि चीनका लागि चोेरेकाृ आरोप लगाएका हुन् ।

यो वर्षको शुरूमा बेल्जियममा पक्राउ परेका यान्जुनलाई मंगलबार अमेरिकालाई सुपुर्दगी गरियो ।

अमेरिकी खर्चमा चीनको समग्र आर्थिक नीतिको विकास गरिएको समग्र विषयको यो मुद्दा एक अंश भएको अमेरिकी न्याय विभागका एक बरिष्ठ अधिकारीले जनाए ।

सह महान्यायाधिवक्ता जोन डेमेर्सले भने “ कुनै देशले हाम्रो अग्निशक्ति र मष्तिष्क शक्तिको उत्पादनलाई चोरिरहेको हेरेर हामी बस्न सक्दैर्नौ ।”

अभियोजनकर्ताहरूका अनुसार यान्जुन चीनको सुरक्षा मन्त्रालयका एक बरिष्ठ अधिकारी हुन् ।

उनले विदेशी गुप्तचर र राजनीतिक सुरक्षासम्बन्धी गुप्त जानकारी चोर्ने गरेको उनीहरूको दाबी छ ।

अमेरिकाको आग्रहमा यान्जुनलाई बेल्जियममा अप्रिल एक दिनका हिरासतमा लिइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?