एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले युक्रेनसँग बराबरी खेलेको छ ।
बुधवार राति सम्पन्न भएको मैत्रीपूर्ण खेलमा इटालीले युक्रेनलाई १-१ गोलको बराबरीमा रोकेको हो । खेल शुरु भएको २ मिनेट पनि बित्न नपाउँदै इटालीले पहिलो गोल गर्यो।
इटालीका लागि फेडेरिको बर्नाडेस्कीले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।
बर्नार्डेस्कीले प्रहार गरेको बल युक्रेनका गोलरक्षक आन्द्रेइ प्याटोभले सम्हाल्न नसक्दा खेलमा १-० ले पछि पर्यो । बर्नार्डेस्कीले गोल गरेपछि निक्कै आक्रामक खेल खेलको युक्रेनले इटालीले गोल गरेको दुई मिनेटमा नै बराबरी गोल फर्कायो ।
रुस्लन मालिनोभ्स्कीले कर्नरबाट आएको बललाई सदुपयोग गर्दै गोलपोस्टको चाली चुमाए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-१ गोलको बराबरीमा रोकिएको दुवै टिमले दोस्रो हाफ भने गोल गर्न सकेनन्। निर्धारित समयसम्म इटालीले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेन र खेलमा १-१ गोलको बराबरी खेल्यो ।
गत अगस्टमा जेनोआमा पुल खसेर मृत्यु भएका ४३ मानिसको स्मृतिमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । खेलको ४३ औँ मिनेटमा रंगशालाका सबैले एक मिनेट मौन धारण गरेर शान्तिको कामना गरेका थिए ।
अब इटालीले यूईएफए नेसन्स कपमा आउदो आइतबार पोल्यान्डको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया