तीन खेलको प्रतिबन्धमा परे ‘पीएसजी’का किमपेम्बे

एजेन्सी । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’का खेलाडी किमपेम्बेमाथि तीन खेल खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको छ । 

लिग वानको खेलमा लियोनविरुद्ध खेल्ने क्रममा किमपेम्बेले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । त्यो खेलमा पीएसजीले लियोनलाई ५-० गोल अन्तरले पराजित गरेको थियो । 
लियोनसँगको खेलका दौरान एनडोम्वेलेलाई गम्भीर ट्याकल गरेपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री ‘भिएआर’को सहायतामा उनलाई रातो कार्ड दिएका थिए । 
 
किमपेम्बेलाई लिग फुटबल प्रोफेसनल ‘एलएफपी’ले तीन खेलमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्धमा परेपछि किमपेम्बेले अमेन्स, मार्से र लिलेविरुद्धको खेल गुमाउनेछन् ।

त्यस्तै एलएफपीले मोनाको डिफेन्डर आन्द्रिया राग्गीलाई पाँच खेलको प्रतिबन्ध लगाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?