सुन तोलामा ३ सयले बढ्यो

काठमाडौं । आज सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको हो । 

तेजावी सुन भने ५९ हजार  रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोलामा ७ सय ४०  रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?