अखिल नेपाल फुटबल संघमा भएको अनियमितता उजागर गरेरै छाड्छौँ : मणि कुँवर

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ भुपु उपाध्यक्ष मणि कुँवरले अखिल नेपाल फुटबल संघमा भएको अनियमितता उजागर गरेरै छाड्ने बताएका छन् । 

कुँवरले बिहीवार पत्रकार सम्मेलन गर्दै आफुले फुटबलको निर्वाचन बहिस्कार गरेको विषयमा पत्रकार सम्मेलन गर्दा सहभागि भएका केही जिल्ला संघका अध्यक्ष तथा फुटवलसँग आवद्ध व्यक्तिहरुलाई संघले सोधेको स्पष्टिकरणप्रति आपत्ति जनाएका छन् ।

उनले चुनावको बेलामा फिफा तथा एएफसीको कोड अफ इथिक्सको पूर्ण उल्लंघन हुने गरी निर्वाचन भएको भन्दै  कार्वाहीका लागि फिफा तथा एएफसीमा पत्राचार समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?