चिनीको मूल्य वृद्धिबारे छानबिन गराउन संसदीय उप–समितिको सुझाव

काठमाडौं । चिनीको मूल्यबारे छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उप–समितिद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको छ ।

लेखराज भट्टको संयोजकत्वमा बनेको उप–समितिले बिहीवार लेखा समितिका सभापति भरत शाहलाई अध्ययन प्रतिवेदन बुझाउँदै आयोगलाई उक्त सुझाब दिएको हो ।

त्यस्तै अर्थ मन्त्रालयमार्फत सरकारलाई वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था खारेज निर्देशन दिनुपर्ने बताएका हुन् । 

मन्त्रीपरिषदले स्वदेशी उद्योलाई प्रवद्र्धन गर्न भन्दै वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को उक्त  निर्णय लगत्तै बजारमा चिनीको मूल्यमा वृद्धि भएको हो । 

चिनीको मूल्य वृद्धिबारे छानविन गर्दै लेखा समितिले उप समिति गठन गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?