सुन्धारामा खुल्यो सिटीसी मोबाइल हब, दशैँ धमाकामा ६० प्रतिशतसम्म छुट

काठमाडौं । राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर यथेष्ट मात्रामा निशुल्क पार्किङ सहित राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणा सहित एक कार्यक्रमका बीच बिहीवार सिटीसी मोबाइल हबको औपचारिक शुरुवात गरिएको हो । 

मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनीदिने लक्ष्यसहित दशैंको पूर्वसन्ध्यामा दशैँ धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिति जनाएको हो । नयाँ मोवाइल गन्तव्यका रुपमा लिइएको मोबाइल हबले भारी छुटसहित मोबाइल मेला शुरु गरेको हो । 

असोज ३१ गतेसम्म सञ्चालन हुने दशैँ धमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने छन् । शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खालीन जाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टा पट्टा पनि गर्न सकिने छ । मोबाइलहबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोला प्रथाबाट विभिन्न ब्रण्डका मोबाइल वितरण गरिनेछ । 

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध हुनेछ । 

सबैभन्दा धेरै ब्राण्ड, सबै भन्दा धेरै भेराईटी समेटेको मोबाइलहबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइलहबमा उचित गन्तव्य बन्ने छ । 

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइलहबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइलहबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिलजोनको समेत व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?