काठमाडौं । ‘ए’ डिभिजन लिग क्लब मनाङ मस्र्याङ्दी क्लबलाई प्रिमियम ह्विस्की ब्रान्ड सिग्नेचरले मुख्य प्रायोजन गरेको छ ।
बिहीवार एक कार्यक्रमको आयोजना गरि मनाङ र सिग्नेचरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
मनाङ मस्याङ्दी क्लबका अध्यक्ष मुखिया कान्छा गुरुङ र नेपाल लिक्वर्स प्रा लिगका कार्यकारी अध्यक्ष राजेशवीर सिंह तुलाधारले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । अब सिग्नेचरले मनाङ मस्याङ्दी क्लबलाई प्रायोजन वापत २५ लाख रुपैयाँ प्रदान गर्नेछ ।
मनाङ मस्याङ्दी क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा खेलाडीहरुले सिग्नेचर अंकित जर्सी लगाउने छन् । यस अघि सर्वाधिक ६ पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको मनाङलाई लक्ष्मी हुन्डाईले प्रायोजन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया