‘जात्रा’ को निरन्तरता ‘जात्रै जात्रा’ बन्ने, अनमोलको ‘क्याप्टेन’ सँगै रिलिज हुने

काठमाडौं । सफल चलचित्र ‘जात्रा’ को टीमले यसको सीक्वेल निर्माण गर्ने भएको छ । फिल्म बन्ने चर्चा पहिलेदेखि नै चल्दै आए पनि औपचारिक घोषणा भने आज (बिहीवार) गरिएको हो ।

काठमाडौंमा फिल्मको औपचारिक घोषणा कार्यक्रम र दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै फिल्म युनिटले यस्तो बताएको हो ।

चलचित्रमा पहिलेका कलाकार दोहोरिएका छन् भने नयाँ कलाकार थपिन सक्ने बताइएको छ । जानकारीमा आए अनुसार फिल्ममा पहिलेभन्दा धेरै कलाकार रहनेछन् । अब बन्ने ‘जात्रै जात्रा’ मा पनि विपिन र वर्षाको जोडीलाई पतीपत्नीकै रुपमा देख्न सकिनेछ ।

कार्तिक ११ बाट छायांकनमा जान लागेको यो फिल्मको शूटिङ ३५ दिनमा सक्ने फिल्म युनिटले लक्ष्य लिएको छ । यस्तै चलचित्र पहिले नै तय गरिएको प्रदर्शन मिति फागुन १७ गतेबाट देशभर प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यही मितिमा अनमोल केसी अभिनित ‘क्याप्टेन’ पनि रिलिज हुँदैछ ।

चलचित्रमा विपिन र वर्षासँगै रविन्द्र झा, प्रकाश घिमिरे, अन्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की कालु राना लगायतका कलाकारले अभिनय गर्नेछन् भने प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहनेछ ।

असन र बौद्धमा खिचिने फिल्ममा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माताका रुपमा रहनेछन् । यस्तै सिंगे लामा र यादव पौडेलले लगानी गर्नेछन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?