ऋचा र छुल्ठिम नाचे ‘चोलीको तुना’ मा (भिडियो)

काठमाडौं । चलचित्र ‘न यता न उता’ को गीत सार्वजनिक भएको छ । ‘चोली तुना सुर्के गाँठो’ बोलको गीत निर्माण टीमले युट्युबमार्फत सार्वजनिक गरेको हो ।

गीतमा राजन इसान, मिलन अमात्य, राजनराज शिवाकोटी, मीना सिंहले स्वर दिएका छन् भने मिलन जलन र राजन इसानले कम्पोज गरेका छन् । यस्तै गीतका शब्दलाई एकनारायण भण्डारीले लेखेका हुन् ।

मिराज रोश र विराशद बस्नेतले निर्देशन गरेको फिल्मलाई मिराज रोशले लेखेका हुन् भने अभिमन्यु निरवीेले संवाद लेखेका हुन् । समीर दीक्षित, ऋचा शर्मा, मिराज रोश, छुल्ठिम गुरुङ, कमलमणि नेपाल, नमिता घिसिङ, अनु दाहाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?