एजेन्सी: शिशु जन्माउन आमा बाबु अथवा महिला पुरूष चाहिने मान्यता भंग हुने संकेतको परीक्षण गरिएको छ । अनुसन्धानकर्ताहरूले यसको सफल परीक्षण मुसामा गरेका छन् ।
उनीहरूले पोथी मुसाहरूबाट शिशु जन्माउन सफलता पाएका हुन् । चिनियाँ विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ताहरूले यो सफलता प्राप्त गरेका हुन् ।
अनुवांशिक अभियन्त्रीकरण (जेनेटिक इन्जिनियरिंग)को यो ठोस कमालले प्रजननसम्बन्धी नियमलाई भंग गर्ने देखाएको छ ।
अनुसन्धानकर्ताहरूले दुई आमा (बाइम्याटेरनल) जनावरहरू स्वास्थ्य थिए र उनीहरूले आफ्ना शिशु पाएको बताए ।
तर सबै पुरूषहरूको लागि चिनताको विषय देखियो । मुसाका दुई बाबुहरूमा यो प्रयास गरियो । शिशु जन्मियो तर जन्मेको केही दिनमा मरे ।
अनुसन्धानकर्ताहरूले हामी यौन सम्पर्क किन गछौं भन्ने आधारभूत सवालको जवाफ खोज्न यस्तो अनुसन्धान गरिरहेका छन् । मानिस समेतका स्तनधारी प्राणीले प्रजननका लागि यौन सम्बन्ध गरी आमाबाट अण्डा र बाबुबाट शुक्राणु लिएर शिशु जन्माउँछन् ।
मानिससमेतका स्तनधारी बाहेकका सारा प्राकृतिक विश्वमा यस्तै नियम छैन् । केही पोथीमाछा, सरिसर्प, जलथल दुवैमा बस्ने जीव र चराले शिशु एक्लै पाउन सक्छन् । स्वयम्भू वा आफैं जन्मेको जसलाई पार्थेनोजेनेसिस भनिन्छ वा अक्षत जन्मको संसारमा (वल्र्ड अफ भर्जिन बथ्र्स) सबैलाई स्वागत छ ।
चिनियाा अनुसन्धानकर्ताहरूले उही लिंगबाट वा प्रजननको नियमलाई भंग गर्ने विधिको पत्ता लगाउने लक्ष्य लिएका छन् ।
यो अध्ययनले यो नियमको महत्वलाई बुझ्न पनि मदत गर्नेछ ।
दुई आमाबाट यो सहज भयो । अनुसन्धानकर्ताहरूले एक मुसाबाट अण्डा लिए अर्को मुसाबाट ह्यप्लोइड इम्ब्रायोनिक स्टेम नाम गरेको एक विशेष सेल लिए ।
डीएनका लागि यसको आधा आवश्यक थियो तर यो दुबैलाई मिलाएर राखेमा पुग्दैनथ्यो ।
अनुसन्धानकर्ताहरूलाई एक किसिमको प्रविधिको उपयोग गर्नुपर्नेथियो । यसलाई जन्म दिन सक्नेकोष भएको तत्व जसलाई जीनको रूपमा बुझिन्छ ।
यसको सम्पादन गर्ने कामलाई जीन इडिटिंग भनिन्छ । तीन किसिमको आनुवांशिक निर्देशक( जेनेटिक इन्स्ट्रक्सन पूरा)गर्नुपर्ने थियो ।
यसलाई आवश्यक अनुसारको सक्षम बनाउनुपर्ने थियो । बाबु बाबुबीचको यो विधि केही बढी जटिल थियो । पुरूषको ह्याप्लोइड इम्ब्रायोनिक स्टेम सेल, अण्डा जसमा सबै जनेटिक सूचनाहरू हटाइएको थियो र सात जीनलाई हटाइएको थियो । यसो गर्न आवश्यक थियो ।
उनीहरूले नियम भंग गरेर डीएनएका कारण हामीले यौन सम्बन्ध गर्नु आवश्यक हुने सिके ।
आमा वा बाबुबाट आउनु विभिन्न किसिमका जेनेटिक कोडले व्यवहार गर्छ । जेनेटिक कोडलाई डीएनए पनि भनिन्छ । यो विषय स्टेम सेलको अध्ययनबाट पत्ता लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया