इन्स्टाग्रामको उपयोग गरी शिशु बेच्ने पक्राउ

एजेन्सी : फोटो पोस्ट गर्ने सामाजिक सञ्जाल इन्स्टाग्रामको उपयोग गरी शिशु किनबेचमा संलग्न रहेका ५ इन्डोनेसियाली पक्राउ परेका छन् ।

इन्स्टाग्राममा परिवार कल्याण नियोग  भएको दाबी गरि खोलिएको एक एकाउन्टले गर्भवती महिला, अल्ट्रासाउन्डको स्क्यान र शिशुहरूका तस्विर पोस्ट ग-यो ।

त्यसपछि सम्भावित खरिदकर्ताका लागि एक टेलिफोन नम्बर ह्वाट्सअपको सम्पर्क मार्फता उपलब्ध गराइएको सुराबायाका प्रहरीले जनाएको छ ।

प्रहरीले कम्पतीमा एक शिशु बिक्री गरिएको एक कारोबारको बारेमा अझ अनुसन्धान गरिरहेको छ ।“ सन्तान लिन चाहनेले यो इनस्टाग्रामको उपयोग गर्ने र सन्तान खरिद बिक्रीका लागि लेनदेनको कुरा ह्वाट्सअपको मार्फत गर्ने गरिएको सुराबायाका प्रमुख अनुसन्धानकर्ता कर्नल सुदामरिानले जनाए ।

नयाँ वेबसाइट डेटिकले परिवारको समस्या समाधान गर्न आह्वान गरेको छ । इन्स्टाग्राममा ७सय फलोअर्स छन् ।

त्यसमा गर्भवती महिला, शिशुहरूको ठेगान सहितको फोटो राखिएका छन् ।

प्रहरीले यो मामिलामा ४ जनालाई पक्राउ गरेको एक प्रेस सम्मेलन गरी जनाएको छ ।

२२ वर्षीया एक महिलाले ११ महिनाको शिशु बिक्री गरेको पत्ता लगाइएको जनाइएको छ ।

खरिदकर्ताले ९८५ अमेरिकी डलर अझ तिर्नुपर्नेरहेको छ । यो खरिदमा संलग्न चार जनालाई पक्राउ गरिएको छ ।

उनीहरूलाई कानुन उल्लंघन गरेको अभियोगमा १५ वर्षको जेल सजाय हुन सक्नेछ ।

इन्डोनेसिया बाल संरक्षण आयोगकी उपाध्यक्ष रीता प्रानावतीले इन्डोनेसियामा शिशुको खरिदबिक्री भएको पाइएको जनाएका छन् । तर इन्स्टाग्रामबाट खरिद बिक्री भएको अहिलेसम्म थाहा नभएको उनले जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?