आज विश्व बाथरोग दिवस : उपचारपछि ९५ प्रतिशत निको हुने

काठमाडौं । आज अक्टोबर १२ अर्थात असोज २६ गते विश्व बाथरोग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

शरीरका हाडजोर्नी, माशपेशी, छाला, नशा दुख्ने समस्या बाथरोग हो । 

बाथ रोगको प्रकार धेरै भएकाले यसले हाडजोर्नी बाहेक मुटु, मृगौला, फोक्सो, टाउको, कलेजो लगायतका शरिरको भित्री अंगलाई पनि असर पार्ने गर्छ ।

उपचारपछि बाथरोग ९५ प्रतिशत निको हुने सम्भावना हुन्छ । बाथरोगको समयमा उपचार नभए हाडर्जोनी काम नलाग्ने गरि बिग्रन सक्छन् । 

नेपालमा शरीरमा युरिक एसिड बढेर हुने बाथ, हड्डी खिइने बाथ, कम्मर दुख्ने बाथ, रिडको हड्डीमा हुने बाथ बढी रहेका छन् । 

बाथरोग नवजातशिशु देखि ८०—९० वर्षको उमेर सम्मका व्यक्तिलाई जुनसुकै बेला हुन सक्ने रोग हो । 

बाथरोगका लक्षण 
बिहान उठ्दा हातका औंला, जोर्नी कक्रक्क पर्ने, साह्रो हुने, मुठ्ठी पार्न गाह्रो हुने, शरीर भारी हुने, जामभए जस्तो हुने, हिड्न, बस्न, उठ्नै गाह्रो हुने बाथ रोगका लक्षण हुन् ।

शरीर झमझम गर्ने, मांशपेशी भित्र दुख्ने, ज्वरो आउने, कपाल झर्ने, चिसोपानीमा हात राख्दा छालाका रंग परिवर्तन हुने, शरीरमा रातानिला सानासाना टाटाहरु आउने, छाला तन्किने, औंलामा घाउ आउने, घाममा जाँदा पुतलीको प्वाख जस्तो गाला रातो डाम आउने, मुखमा घाउ आउने आदि हुन्छन् भने उकालो–ओरालो गर्दा र भ-याङ् चढ्दा हड्डी दुख्ने गर्छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?