काठमाडौं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एशिया क्वालिफायर खेलमा नेपालले फिल्डीङ गर्ने भएको छ ।
छनोट ‘बी’ को छैटौं तथा अन्तिम खेलमा सिंगापुरविरुद्ध नेपालले पहिलो फिल्डीङ गर्ने भएको हो । क्वालालाम्पुरस्थित बायोमास क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला फिल्डीङ गर्ने निर्णय लिएको हो । शुक्रवारको खेल दुबै टोलीलाई अघोषित फाइनल खेल सहर नै हुनेछ ।
जारी खेलमा अपराजित नेपाल सिंगापुरलाई हराउँदै च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । छनोट प्रतियोगितामा नेपाल र सिंगापुर अपराजित यात्रा कायमै राख्दै प्रतियोगिता टुंगाउने प्रयासमा रहेका छन् ।
दुवै टिमले छनोट खेलमा उत्कृष्ट नतिजा निकाल्दै शीर्ष दुई स्थानमा छन् । नेपाल र सिंगापुरले समान १०-१० अंक बनाएका छन् । तर रनरेटको आधारमा नेपाल पहिलो स्थान तथा सिंगापुर दोस्रो स्थानमा छन् ।
यस प्रतियोगिताबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्नेछन् । यस अघि नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटले, थाइल्याण्डले १ सय ४० रनले, भुटानलाई १ सय १७ रनले र चीनलाई १० विकेटले पराजित गरेको थियो ।
नेपाल र सिंगापुर परिचित टिम हुन् । यसअघि भिडेका खेलहरुमा नेपालले सिंगापुरलाई पराजित गरेको इतिहास छ ।
नेपालले मलेसियामा नै सम्पन्न भएको एशिया कप क्वालिफायरमा ५० ओभरको खेलमा सिंगापुरलाई पराजित गरेको थियो । त्यस्तै एसीसी टी-२० कपमा नेपालले सिंगापुरलाई दुई पटक हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया