रातो टिका निधारमा टलक्कै टल्कियो (फोटोफिचर)

काठमाडौं । आज दशैँको टीकाको दिन । अर्थात विजया दशमीको दिन । नेपालीहरुले आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद ग्रहण गरिरहेका छन । मानिसहरुको निधारमा रातो टिका टलक्क टल्किरहेको छ ।

घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा-आराधना गरिएको टीका, जमरा र प्रसाद आफूभन्दा ठुलाहरूको हातबाट दशमीमा लगाउने गरिन्छ । आफुभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा मानिसलाइ सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास गरिदै आएको छ ।

ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दसैंलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?