मैत्रीपूर्ण खेलमा फ्रान्सले आइसल्याण्डसँग बराबरी खेल्यो

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत रसिया विश्वकप विजेता फ्रान्सले आइसल्याण्डसँग बराबरी खेल खेल खेलेको छ । 

बिहीवार राती सम्पन्न भएको खेलमा फ्रान्सले आइसल्याण्डलाई २-२ गोलको बराबरीमा रोकेको हो । खेलको ३० औँ मिनेटमा आइसल्याण्डका लागि विरकिर बेन्जरसनले पहिलो गोल गर्दै क्लबलाई अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म १-० ले अगाडि रहेको आइसल्याण्डले दोस्रो हाफमा अर्को गोल गर्‍यो। ५८ औँ मिनेटमा कारी अर्नासनले गोल गरे । 

खेलको ८६ औँ मिनेटमा आईसल्याण्डका होल्मार इजोफ्सनले आत्मघाति गोल गरेपछि फ्रान्सले खेललाई २-१ को स्थितीमा ल्याए । ९० औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?