राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई सरकारले ५० हजार भत्ता दिने

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला) लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ ।

गत शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । ‘राष्ट्रिय गानका रचयिता प्रदिपकुमार रार्य (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक पच्चीस हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?