एपीएफसँगको खेलबाट सन्तुष्ट छु : प्रशिक्षक लिम्बु

काठमाडौं । काठमाडौंमा जारी शहिद स्मारक ‘ए’  डिभिजन लिग फुटबल अन्तर्गत हिमालयन शेर्पा र एपीएफ क्लबले गोल रहित बराबरी खेलेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रवार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले विभागिय टिम शसस्त्र प्रहरीको एपीएफसँग गोलरहित बराबरी खेल्दै समान १-१ अंक बाडेका छन् । 

खेलको १० औँ मिनेटमा हिमालयन शेर्पाका अमर डंगोलको प्रहारले बललाई सहि दिशा दिन सकेनन् ।  पेनाल्टीक्षेत्र बाहिर निरज बस्नेतले पाएको दुई फ्रि किकमा गोल गर्न असफल भए । 
हिमालयन शेर्पाका कर्ण लिम्बू, अमर डंगोल, राज पौडेलको आक्रमणमा तालमेलको नमिल्दा खेलमा अग्रता लिने मौका गुमायो । 

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा एपीएफका सुदिप सिख्राकारको क्रसमा युवराजले बलसम्म पुग्न नसक्दा गोल गर्ने मौका चुकाए । 

खेलको ७८ औँ मिनेटमा एपीएफका युवराजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएको थियो । बराबरीपछि दुवै टिमलले अंक तालिकामा १-१ अंक जोडेको छ । 

यता हिमालयन शेर्पाका मुख्य प्रशिक्षक सुवास लिम्बुले एपीएफ विरुद्धको खेलमा खेलाडीहरुले सन्तोषजनक प्रर्दशन गरेको बताए ।

 ‘‘खेलाडीहरुले सोचेअनुरुप चाहि पक्कै खेलेको होइन्, हामीहरु लिगको उपाधि जित्छौँ भन्ने उद्देश्य पनि बनाएका छैन्, एक्कैचोटी सानोबाट ठुलो खेल्दा कम्बिनेशन नमिलेको चाहि पक्कै हो, त्यसमा अभ्यास गर्ने मैदानको पनि अभाव छ, समग्रमा म एपीएफसँगको खेलबाट सन्तुष्ट नै छु’’ उनले भने ।

 साथै प्रशिक्षक लिम्बुले कर्ण लिम्बुले पनि उत्कृष्ट खेलेको बताए । ‘‘उमेरमा हेर्ने हो भने पनि उ सिनीयर टिममा नै पर्छ, हाम्रो टिम सबै जना खेलाडी यू-२३ कै छन्, उ हाम्रो क्लबको सबैभन्दा सिनीयर खेलाडी पनि हो, एपीएफसँगको खेल प्रश्चात अब प्रर्दशनमा केही सुधार आउनेछ’’ उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?