ग्लोबल आइएमई बैंकको मिसकल बैकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले मिसकल बैंकिङ्ग (Missed Call Banking) सेवा सञ्चालनमा ल्याएको छ । जस अन्र्तगत ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न मोवाईल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सक्नुहुनेछ ।

बैंकको मोबाइल बैकिङ्ग सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्ने यो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमा रु १०० टपअप (त्यउग्उ) गर्न ९०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९०१२३१२९७ नम्बरमा, आफुले बैंकमा बुझाउनु पर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९०१२३१२९ नम्बरमा र बैंकले प्रदान गर्ने विभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सकिन्छ । 

ग्राहकहरुले माथि उल्लेखित फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफँै फोन काटिने छ, त्यसपश्चात बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज मार्फत पठाउनेछ । 

बैंकले अत्याधुनिक प्रविधिलाई आत्म साथ गर्दैै जाने क्रममा यसअघि अत्याधुनिक मोबाइल बैकिङ्ग सेवा ‘ग्लोबल स्मार्ट, भाईवर बैकिङ्ग, अंग्रेजी तथा नेपाली भाषामा इन्टरनेट बैैकिङ्ग सुविधा, अनलाईन मार्फत घर मै अथवा जहाँँकहीँ बसेर बैंक खाता खोल्न सकिने’ लगायतका सुविधाहरु आफ्ना ग्राहकमा झल्याईसकेको छ । 

सबै क्षेत्र र वर्ग सम्म बैकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले १३२ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३८ एटिएम, १५ राजश्व संकलन काउण्टर, १०३ वटा शाखारहित बैकिङ्ग सेवा र ३ प्रतिनिधि-सम्पर्क कार्यालय मार्फतआफ्ना ९ लाख ५० हजारभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै समय समयमा आफ्ना सुविधाहरुमा थप परिमार्जन गर्दै जाने लक्ष्य लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?