विश्वकप टी–२० एशिया क्वालिफायर : सिंगापुरद्वारा नेपाललाई ८२ रनको चुनौती

काठमाडौं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एशिया क्वालिफायर खेलमा सिंगापुरले नेपालसामु ८२ रनको चुनौती लक्ष्य प्रस्तुत गरेको छ । 

क्वालालाम्पुरस्थित बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल तयार पारेको थियो । 

सिंगापुरका लागि ओपनर ब्याट्सम्यान एस चन्द्रमोहनले सर्वाधिक २५ रनको योगदान दिए । उनले ३२ बलमा तीन चौका प्रहार गरे । मानप्रित सिंहले १० रन, कप्तान सिआर सुर्यवन्सी र ए मुत्रेजाले समान ९-९ रन जोडे ।

पहिलो नम्बरमा ब्याटिङ गर्न आएका अरित्र दत्त ४ रन बनाएर पेभेलियन फर्किए । सिदान्तले १० रन तथा कुमार्गले ९ रन बनाएर आउट भए । जनक प्रकाशले १ रन तथा कृष्ण शुन्य रनमा नै आउट भए । 

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट हात पारे । त्यस्तै करण केसी र सोमपाल कामीले समान २-२ विकेट लिए । ललित राजवंशी र बसन्त रेग्मीले एक-एक विकेट लिए । 

सन्दिपले बनाए नयाँ कीर्तिमान

जारी आइसीसी टी–२० एशिया क्वालिफायर खेलका दौरान नेपालका सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् । 

नेपाली बलर लामिछानेले जारी एशिया क्वालिफायर खेल अन्तर्गत सिंगापुरविरुद्धको खेलमा ४ विकेट लिएपछि बसन्त रेग्मी र विनोद दाशको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोड्न सफल भएका हुन् । 

सन्दिपले उमेर समुहको एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने नयाँ रेकर्ड बनाएका हुन् । उनले गत बर्ष जुलाईमा सिंगापुरमा भएको यु-१९ विश्वक क्वालिफायरमा ६ खेलमा २४ विकेट लिदैं किर्तिमान बनाएका थिए । 

त्यस्तै सिनियर टिममा भने बसन्त रेग्मी र विनोद दाशले एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने कीर्तिमान बनाएका थिए । सन् २०१२ को डिभिजन ‘फो’मा तथा विनोदले सन् २००५ सम्पन्न एसीसी फास्ट ट्रयाक कन्ट्रीज च्याम्पियनसीपमा २१ विकेट लिर्दैं सो रेकर्ड बनाएका थिए । 

जसमा सन्दिपले ६ खेलमा २२ विकेट लिदै किर्तीमान बराबरी गरेका छन । सिंगापुरविरूद्द उनले एक विकेट लिएसँगै विनोद र बसन्तको रेकर्ड तोडेका हुन ।

यस प्रतियोगिताबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्नेछन् । यस अघि नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटले, थाइल्याण्डले १ सय ४० रनले, भुटानलाई १ सय १७ रनले र चीनलाई १० विकेटले पराजित गरेको थियो । नेपाल र सिंगापुर परिचित टिम हुन् । यसअघि भिडेका खेलहरुमा नेपालले सिंगापुरलाई पराजित गरेको इतिहास छ ।

नेपालले मलेसियामा नै सम्पन्न भएको एशिया कप क्वालिफायरमा ५० ओभरको खेलमा सिंगापुरलाई पराजित गरेको थियो । त्यस्तै एसीसी टी-२० कपमा नेपालले सिंगापुरलाई दुई पटक हराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?