सिन्धुली दुर्घटना अपडेट : ३ को मृत्यु ४ घाइते

सिन्धुली । सिन्धुलीको मरिङबाट काठमाडौंको लागि छुटेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटबाट ५ सय मिटर तल खसेको थियो । 

सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा नै अन्य २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

सिन्धुपाल्चोक सुनकोशीगाउँपालिका ८ का २८ वर्षका रवि खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो भने बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामा र सोही ठाउँमा २३ वर्षका अमित लामाको धुलिखेल अपतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बसमा जम्मा ८ जनामात्रै सवार रहेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?