काठमाडौं : नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि १ अमेरिकी डलरको खरिददर ११७ रूपैयाँ ४० पैसा र बिक्रीदर ११८ रूपैयाँ तोकेको छ ।
युरोको खरिददर १३५ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६४ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १५५ रूपैयाँ ८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ८८ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ ७१ पैसा र बिक्रीदर ८४ रूपैयाँ १४ पैसा तोकिएको छ ।
यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ४५ पैसा र बिक्रीदर १० रूपैयाँ ५१ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ९७ पैसा र बिक्रीदर १७ रूपैयाँ ६ पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ ३० पैसा र बिक्रीदर ३१ रूपैयाँ ४६ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ २४ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४१ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रूपैयाँ १३ पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ २६ पैसा र बिक्रीदर २८ रूपैयाँ ४० पैसा कायम भएको छ ।
यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ३८ पैसा र बिक्रीदर १० रूपैयाँ ४३ पैसा, कुवेती दिनार १ को खरिददर ३८७ रूपैयाँ १५ पैसा तथा बिक्रीदर ३८९ रूपैयाँ १३ पैसा र बहरार्इन दिनार १ को खरिददर ३११ रूपैयाँ ४२ पैसा तथा बिक्रीदर ३१३ रूपैयाँ १ पैसा तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया