अाँखुखोला हार्इड्रोको अार्इपीअोमा साढे ४ गुणा बढी अावेदन

काठमाडौं : आँखुखोला जलविधुत कम्पनीले जारी गरेको साधारण शेयर (अार्इपीअोमा) माग गरिएभन्दा साढे ४ गुणा बढी खरिद अावेदन परेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका मर्चेन्टका अनुसार १३ लाख ७६ हजार २० कित्ता अार्इपीअो जारी गरिएकोमा ५८ लाख कित्ताका लागि लगानीकर्ताले अावेदन दिएका छन् । 

अाँखुको अार्इपीअोमा ८२ हजार ६ सय जनाले शेयर भरेका छन् । शुक्रबार बेलुकीसम्म नै अनलार्इनबाट समेत शेयर भर्ने क्रम जारी रहेको र केही बैंकबाट विवरण अध्यावधिक भर्इनसकेकाले यो संख्या अझै बढ्न सक्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ । 

आँखुखोलाले मंगलबार (असोज २३ गते) देखि सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १३ लाख ७६ हजार २० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गरिएको शेयरमध्ये २७ हजार ५२० कित्ता कम्पनीका कर्मचारी र ६८ हजार ८०१ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । १२ लाख ७९ हजार ६९९ कित्ता सेयर भने आम सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

कूल जारी पूँजी ८० करोड रूपैयाँ रहेको यो कम्पनीले धादिङको आँखुखोलामा ८.४ मेगावाटको हार्इड्रोपावर निर्माण गरेको छ । आँखुखोलाले यसअघि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई निष्कासन गर्दा बिक्री नभएको १ लाख ७६ हजार २० कित्ता समेत जोडेर आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गर्दा ६ लाख २३ हजार ९८० कित्ता सेयरमा मात्र आवेदन परेको थियो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आँखुखोलाको आइपीओलाई ग्रेड ५ रेटिङ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?