किसान मार्इक्रोफार्इनान्सको ५०% हकप्रद स्वीकृत

काठमाडाैं : पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले किसान मार्इक्रोफार्इनान्सको ५०% हकप्रद शेयर स्वीकृत गरेको छ  

किसान लघुवित्तले अाफ्ना शेयरधनीका लागि २:१ का दरले प्रतिकित्ता १ सय रूपैयाँमा २ लाख ४० हजार २५० कित्ता हकप्रद शेयर जारी गर्न असार १४ गते बोर्डमा निवेदन दिएको हो । धितोपत्र बोर्डले गत बिहिबार हकप्रद जारी गर्न किसानलार्इ स्वीकृति दिएको हो । 

हकप्रद शेयर जारी गर्न यो मार्इक्रोफार्इनान्सले सिभिल क्यापिटललार्इ जिम्मा दिएको छ । २ करोड ४० लाख २५ हजार रूपैयाँबराबरको हकप्रद शेयर जारी गरेपछि किसान लघुवित्तको चुक्ता पूँजी ७ करोड रूपैयाँ पुग्नेछ । साथै, २९% बोनश शेयर समेत वितरण गरेर चुक्ता पूँजीको अाकार ८ करोड ६० लाख रूपैयाँ पु-याउने यो मार्इक्रोफार्इनान्सले जानकारी दिएको छ । 

किसानले गत अार्थिक बर्षमा १ करोड २१ लाख ८१ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो वित्तीय संस्थाको प्रतिशेयर अाम्दानी १९ रूपैयाँ २५ पैसा छ भने नेप्सेमा शुक्रबार १ हजार ६ सय ५९ रूपैयाँमा शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?