धादिङमा ट्रिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडाैं : धादिङको थाक्रे गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएका छन् भने अन्य ३ जना घार्इते भएका छन् । 

पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको बा ५ ख २४१८ नम्बरको टिपर सडकबाट करिब ६०० मिटर तल खसेको छ । 

दुर्घटनामा परि थाक्रे गाउँपालिकाकै ६६ बर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ बर्षीय सावित्री तामाङको मृत्यु भएको हो । 

घार्इते भएका अन्य ३ जनाको ट्रमा सेन्टरमा उपचार भर्इरहेको प्रहरी जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?