कस्तो अाउँदैछ ‘देश बदल्ने’ १५ अाैं योजना ? यस्ता छन् १० मुख्य लक्ष्य

काठमाडाैं : 'समृद्ध नेपाल : सुखी नेपाली' नारालार्इ सार्थक बनाउन भन्दै सरकारले १० वटा मूख्य लक्ष्यसहित नेपालीको दीर्घकालीन सोच र अागामी १५अाैं योजनाको छलफल शुरू गरेको छ । 

अागामी अार्थिक बर्ष २०७६/७७ देखि कार्यान्वयनमा ल्यार्इने १५अाैं योजना ५ बर्षका लागि तर्जुमा गरिनेछ । वि.सं. २०६२ को राजनीतिक परिवर्तनपछि राजनीतिक संक्रमणका कारण सरकारले लगातार ३ बर्षीय अन्तरिम योजना कार्यान्वयन गरिरहेको छ । 

पन्ध्राैं योजनामा सरकारले समृद्ध नेपाल अन्तर्गत ४ र सुखी नेपाली नाराअन्तगर्त ६ वटा लक्ष्य समावेश गर्ने भएको छ । योजना तर्जुमा गर्न लागेको राष्ट्रिय योजना अायोगले संघीय सरकार, अर्थ मन्त्रालय, प्रदेश सरकार र मातहतका अर्थ तथा योजना मन्त्रालय, राष्ट्रिय प्राकृतिक तथा वित्त अायोग एवं सरोकारवालासँग छलफल शुरू गरिसकेको छ ।

शुक्रबारदेखि अायोगमा शुरू भएको छलफलमा सरकारले उल्लेखित १० लक्ष्यलार्इ हासिल गर्नेगरि नेपाललार्इ मध्यम अायस्तर भएको मुलुकमा स्तरोन्नती गर्नेबारे बहस चलाउँदैछ । अब यही १० वटा लक्ष्यलार्इ अाधार बनाएर नै सरकारले समष्टिगत अार्थिक परिसूचक तय गर्नेछ भने बार्षिक बजेटसमेत यही सूचकका अाधारमा तयार गर्नेछ । 

नेपालको दीर्घकालिन विकास लक्ष्यका लागी सरकारले तयार गर्दै गरेको २५ बर्षे दीर्घकालीन सोचमा पनि यी १० लक्ष्य समेटिनेछन् । कम्तीमा २५ बर्षका लागि मुलुकको अार्थिक र सामाजिक विकासमा लागि दीर्घकालीन लक्ष्य तर्जुमा गर्न लागिएको हो । 

यस्ता हुनेछन् १० लक्ष्य : 

१. उच्च र समतामूलक आय

२. मानव पुँजी निर्माण तथा संभावनाको पूर्ण उपयोग

३. सर्वसुलभ तथा आधुनिक पूर्वाधार

४. आवद्धता र उत्पादन र उत्पादकत्व

५. परिस्कृत तथा मर्यादित जीवन

६. सभ्य र न्यायपूर्ण समाज

७. स्वस्थ र सन्तुलित पर्यावरणीय पद्धति

८. सुशासन, सबल लोकतन्त्र र राष्ट्रिय एकता र सम्मान

९. समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको अन्तरआवद्धता

१०. उच्च उत्पादकत्व भएको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?