एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी भएको छ ।
शुक्रवार राति सम्पन्न भएको खेलमा ब्राजिलले साउदी अरेबियालई २-० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिनै लाग्दा ब्राजिलले खेलमा १-० को अग्रता लियो ।
खेलको ४३ औँ मिनेटमा ग्याब्रियल जेससले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । जेससले गोल गरेपछि निक्कै आक्रामक बनेको साउदी अरेबियाका अल ओवाइस रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि साउदी अरेबिया १० खेलाडीमा सिमित भएको थियो ।
खेलको इन्ज्युरी समयमा लोबो सिल्भाले गोल गरेपछि साउदी अरेबिया स्तब्ध बनेको थियो ।
शुक्रवार राति नै भएको अर्को मैत्रीपूर्ण खेलमा कोलम्बियाले अमेरिकालार्ई ४-२ गोल पराजित गर्यो । यता मेक्सिकोले कोस्टारिकालाई ३-२ गोल अन्तरले, जापानले पानामालाई ३-० ले तथा दक्षिण कोरियाले उरुग्वेलाई २-१ गोल अन्तरले हरायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया