एजेन्सी । युइएफए नेशन्स लिग फुटबल अन्तर्गत बेल्जियम विजयी भएको छ ।
शुक्रवार राति सम्पन्न भएको खेलमा बेल्जियमले स्विट्जरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफको केही सुधारिएको खेल खेलेको बेल्जियमका लागि ५८ औँ मिनेटमा म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।
लुकाकुले गोल गरेपछि निक्कै आक्रामक खेल खेलको स्विट्जरल्याण्डका लागि ७६ औँ मिनेटमा मारियो गाव्रानोविचले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ८४ औँ मिनेटमा बेल्जियमका लाथि लुकाकुले दोस्रो गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल बेल्जियमले २-१ गोल अन्तरले जित्यो ।
जितपछि बेल्जियम लिग ‘ए’ अन्तर्गत समूह २ मा दुई खेलबाट ६ जोड्दै शीर्ष स्थानमा रहेको छ । स्वीट्जरल्यान्डको ३ अंक तथा आइसल्यान्ड अंक विहिन छ ।
शुक्रवार राति नै भएको अर्को खेलमा फिनल्याण्डले इस्टोनियालाई १-० गोल अन्तरले हरायो । ग्रिसले हंगेरीलाई १-० गोल अन्तरले, बेलारुषले लक्जमवर्गलाई १-० ले, मालडोभाले सानमारिनोलाई २-० गोल अन्तरले तथा अस्ट्रियाले नर्दन आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्यो । यता इंग्ल्याण्ड र क्रोशियाबीचको खेल भने गोल रहित बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया