काठमाडौं । आगामी माघको तेस्रो साताबाट शुरु हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि उप समित गठन गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि उप समिति गठन गरेको जनाएको छ । खेलकुद परिषद्ले प्रतियोगिताको लागि ११ उप समिति गठन गर्दै संयोजक समेत तोकेको छ ।
गठन गरिएको उपसमितिमा अनुगमन उपसमिति, स्रोत परिचालन उपसमिति, खेल सामाग्री तथा पोसाक उपसमिति, सुरक्षा उपसमिति, अनुशासन उपसमिति, स्वास्थ्य उपसमिति, समारोह उपसमिति, खेल स्थल तथा भौतिक पुर्वाधार उपसमिति, आवास तथा भोजन उपसमिति, यातायात उपसमिति, प्रचार प्रसार उपसमिति रहेका छन् ।
खेलकुद परिषदका अनुसार अनुगमनको संयोजकमा शैलेश कर्मचार्यलाई चयन गरेको छ । त्यस्तै स्रोत परिचालनमा अर्जुन केसी, सुरक्षामा अेकेन्द्र कुँवर, खेल सामाग्री तथा पोशाकमा देवकुमार अधिकारी, स्वास्थ्यमा उपेन्द्र पौडेल र अनुशासनमा डा. श्याम श्री वास्तव रहेका छन् ।
यता समारोहमा विनोद मैनाली, आवास तथा भोजनमा विरेन्द्र श्रेष्ठ, खेल स्थल तथा भौतिक पुर्वाधारमा भिम ओली, प्रचार प्रसारमा रोहित दाहाल र यातायातमा उपेन्द्र यादव रहेका छन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माको संयोजकत्वमा मुल आयोजक कमिटि गठन भइसकेको छ । प्रदेश नम्बर ५ मा आयोजना हुने यो प्रतियोगिता माघ २५ बाट शुरु भई फागुन ३ गते सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया