वायुसेवा निगमले पाँच साना जहाज उडाउने तयारी गर्दै

काठमाडौं । नेपाल वायुसेवा निगमको चिनियाँ जहाजले बिहीवारबाट व्यवसायिक उडान शुरु गरिसकेको छ । 

निगमको चिनियाँ जहाजले दाङ, डोल्पा, सिमिकोट र  लुक्ला लगायतका गन्तब्यमा उडान शुरु गरिसकेको निगमका प्रवक्ता अशोक सिग्देलले बताए । निगमको जहाजले ‘हिजो’ शुक्रबारदेखि नै  दाङ उडान शुरु गरिसकेको पनि उनले बताए। 

प्रवक्ता सिग्देलका अनुसार काठमाडौंदेखि दाङको उडान शुल्क ६ हजार ७० रुपैयाँ रहेको छ भने दाङदेखि काठमाडौंसम्मको  उडान शुल्क ५ हजार आठ सय ८० रुपैयाँ रहेको छ।

त्यस्तै नेपालगञ्जदेखि डोल्पासम्मको टिकट दर ५ हजार ३ सय ७५ रुपैयाँ  र नेपालगञ्जदेखि सिमिकोटसम्मको टिकट दर ७ हजार २ सय ९० रुपैयाँ रहेको छ । अहिले चिनियाँ जहाज मध्ये दुई वटा वाइ १७ सिटे र ५८ सिटे एमए ६० र दुई वटा १९ सिटे ट्विन अटरले उडान शुरु गरिसकेको छ । 

निगमको साना जहाजले सोलुखुम्बुको फाप्लु, ताप्लेजुङ, रुकुम, भोजपुर, सिमिकोट लगायतका विकट गन्तब्यमा उडान भर्दै आइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?