गरिमा बैंक मर्जर र एक्वीजिशनमा जाने प्रस्ताव साधारणसभाबाट पारित

काठमाडाैं : अर्को बैंकसँग गाभिनेगरि मर्जर गर्ने र एक्वीजिशनमा जाने प्रस्तावलार्इ गरिमा बैंकको १२ अाैं साधारणसभाले पारित गरेको छ । यो कामका लागि साधारणसभाले सञ्चालक समितीलार्इ अख्तियारी समेत प्रदान गरेको छ । 

साधारणसभाबाट पारित प्रस्तावअनुसार गरिमाले अाफ्ना शेयरधनीलार्इ १०% बोनश शेयर र करसहित ३.७५% नगद लाभांश बितरण गर्ने भएको छ । साधारण सभाले पारित गरेको २५ करोड ३४ लाख ८८ हजार रुपैयाँको बोनस तथा ९ करोड ५० लाख ५८ हजार रुपैयाँ नगद लाभांश बैंकले अाफ्ना अब शेयरधनीलाई वितरण गर्नेछ ।

२ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैंया चुक्ता पूँजी रहेको गरिमाको १० प्रतिशत बोनस शेयर वितरण पश्चात २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

गत अार्थिक बर्षमा यो बैंकले ४३ करोड ७८ लाख रूपैयाँ खुद नाफा कमाएको छ भने प्रतिशेयर आम्दानी १७ रुपैयाँ २७ पैसा कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?