काठमाडाैं : नेपाल बैंकर्स एशोसियशनको पहलमा बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदर कटाैती गरेसँगै लामो समय सुस्ताएको नेपालको पूँजीबजारले गति लिन थालेको छ । गत साता नेप्से सूचक करिब १४ अंकले बढेको छ भने अार्इतबारको तुलनामा बिहिबारसम्ममा १४ अंककै बुलिस ट्रेण्डले बजारलार्इ उकालो लगाएको छ ।
बैंकहरूले बचतमा ७% भन्दा ब्याज नदिने घोषणा गरेसँगै लगानीकर्ताहरूले शेयरबजारमा लगानी गर्दा बढी फार्इदा देखेपछि बैंकबाट अाफ्नो रकम शेयर बजारमा सार्ने क्रम शुरू भएको छ । ब्याजदर कम गर्दा बैंकहरूमा लगानीयोग्य पूँजी (तरलता) अभाव हुने भएपनि यसले पूँजीबजारलार्इ भने चलायमान बनाउन मद्दत गर्छ ।
दशैंको सम्मुखमा पूँजीबजारमा भएको कारोबारलार्इ विश्लेषण गर्दा निक्षेपमा ब्याजदर कटाैतीको प्रभाव राम्रैसँग परेको देखिन्छ । अधिकांश लगानीकर्ता अा-अाफ्नो स्थायी बासस्थान जाने भएकाले सामान्यतया : दशैंअघि पूँजीबजार (नेप्से) मा कम कारोबार हुने गर्छ । तर, लामो समय सुस्ताएको पूँजीबजारमा यो पटक दशैंको भन्दा ब्याजदर संकुचनको प्रभाव देखिएको छ । दशैंअघि नै नेप्सेले विस्तारै गति लिने देखिएकाले दशैंको बिदापछि बजार खुल्दा तीब्र गतिमा कारोबार हुने लगानीकर्ताहरूको अपेक्षा छ ।
अहिले बैंकहरूले निक्षेपमा ब्याजदर घटाएका छन् । ब्याजदर कटाैतीले बेस रेट तल आउने र स्वतः कर्जाको पनि ब्याजदर घट्ने विश्वास गरिन्छ । अहिले लगानीकर्ताहरूले १५% हाराहारीमा ब्याज तिर्नेगरि शेयर कर्जा लिर्इरहेका छन् । बैंकबाट चर्को ब्याजदरमा कर्जा लिएर शेयर बजारमा लगानी गर्नेहरूले यतिखेर निक्षेपमा ब्याजदर कटाैतीसँगै कर्जामा पनि कटाैती हुने अपेक्षा गरेका छन् ।
चर्को ब्याजदरमा कर्जा लिएर शेयर बजारमा लगानी गर्न यतिखेर कुनै अाकर्षण छैन । तर बैंकमा तरलता उपलब्धताले पूँजीबजारलार्इ स्वत : असर गर्छ । पर्याप्त मात्रामा तरलता हुँदा बैंकहरूले अाफुले प्रवाह गर्ने कर्जाको पनि ब्याजदर घटाउनुपर्ने हुन्छ । बैंकबाट लिएको ब्याजदरभन्दा अाफुले शेयर लगानी गरेको कम्पनीले दिने मुनाफा बढी हुने देखिएमा मात्र लगानीकर्ताहरू पूँजीबजारमा अाकर्षित हुन सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया