काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा अक्टोबर पहिलो साता हुने प्रतियोगिताको लागि खेलाडी छनोट गरेका हुन् ।
श्रेष्ठले श्रीलंकामा सम्पन्न साफ यु–१७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरेका हुन् । यसअघि टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसीय यु–१७ एसियन कप छनोटका लागि घोषित टिममा स्थान बनाउन सकेनन् ।
टोलीमा श्रेयान्स मानन्धर र राम थापाले स्थान बनाउँदा अन्य २१ खेलाडी भने यथावत छन् । ५ अक्टोबरदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् ।
नेपालले ५ अक्टोबरमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । ७ अक्टोबरमा हुने दोस्रो खेलमा नेपालले घरेलु टिम भियतनामको सामना गर्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले अक्टोबर ९ मा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।
नेपाली टिम :
गोलकिपर :कृशल मोक्तान, समिर चन्द, रुवेन बोगटी
रक्षक : अश्विन घोरासैनी, सिमन्ता थापा, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, श्रेयान्स मानन्धर, धिरज विश्वकर्मा, राम थापा
मिडफिल्डर : प्रशान्त लक्षम, सरोज दर्लामी, हरिसराज भट्ट, लछु थापा, युनेस बुढाथोकी
फरवार्ड : निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया