दशैँका बेला यी बैंकबाट लिन सकिन्छ सेवा

काठमाडौं । दशैँको बेला अधिकांश कार्यालयहरु बन्द हुँदा बैंकहरु भने खुल्ने भएको छ । 

दशैँको अवसरमा ग्राहवर्गलाई लक्षित गर्दै ३६५ दिन नै आफ्नो सेवा दिँदै आइरहेको छ ।

उपत्यका भित्र र बाहिर सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु बैंक, हिमालयन बैंक, नबिल बैंक, जनता बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, माछापुच्छे बैंक, सनराइज बैंक, सेञ्चुरी बैंकहरुले दशैँमा पनि आफ्नो सेवा दिने भएका छन् । त्यस्तै नेपाल राष्ट्र बैंकले भने दशैँमा आफ्नो ग्राहकलाई सेवा नदिने भएको छ ।     

उपत्यका भित्र खुल्ने शाखा–समय, उपत्यका बाहिर खुल्ने शाखा–समय

सिद्धार्थ बैंकको शाखा कार्यालय हात्तिसार शाखा (असोज ३०, ३१ र कात्तिक १ र ३ गते) र कुमारीपाटी शाखा (असोज ३० र ३१) ११ बजेदेखि २ बजेसम्म, न्युरोड (३०, ३१, १ र ३ गते)  र तिनकुने शाखा (असोज ३०) २ बजेदेखि ५ बजेसम्म    बिराटनगर (३०, ३१ र १), वीरगंज (३०, ३१ र १), बुटवल र नारायणगढ (३० गते), दमक र धनगढी, जनकपुर, टिकापुर, घोराही, (३० र ३१ गते)  ११ बजेदेखि २ बजेसम्म खुल्ने, भैरहवा शाखा असोज ३० गते २ बजेदेखि ५ बजेसम्म खुल्ने छ । 

सानिमा बैंक कुमारीपाटी, न्युरोड, सूर्य विनायक भक्तपुर (असोज ३० र ३१  गते) ११ बजेदेखि २ बजेसम्म भने उपत्यका बाहिर इटहरी, दमक, धनगढी, नारायणगढ, नेपालगञ्ज, पोखरा, बिर्तामोड, बिराटनगर, बुटबल, लालबन्दी, बिरगञ्ज, सुर्खेत र हेटौडा  असोज ३० र ३१ गते ११ बजेदेखि २ बजेसम्म खुल्ने छ । 

त्यस्तै उपत्यका भित्र प्रभु बैंकको शाखा कार्यालय बबरमहल, कमलादी, जावलाखेल, गंगबुचोक, खिचापोखरी, सूर्य विनायक भक्तपुर असोज ३०, ३१ र कात्तिक १ गते ११ बजेदेखि २ बजेसम्म खुल्ने    छन् भने उपत्यका बाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिराहा, बुटवल, भैरहवा, पोखरा, नेपालगंज, कलैया, वीरगंज, विराटनगर, बाग्लुङ र धनगढी शाखा आसोज ३०, ३१ र कात्तिक १ गते  ११ बजेदेखि २ बजेसम्म खुल्ने बैंकले जनाएको छ । 

हिमालयन बैंकले उपत्यका भित्र ठमेल ३०, ३१ र ३ गते (१० देखि १ बजेसम्म), न्युरोड ३०, ३१ र ३ गते (११ देखि २ बजेसम्म), महाराजगंज ३० र ३१ गते (११ देखि २ बजेसम्म), पाटन ३०, ३१ र ३ गते (१२ देखि ३ बजेसम्म) र उपत्यका बाहिर पोखरा ३० गते (११ बजेदेखि २ बजेसम्म) खुल्ने छ । 

यसैगरी नबिल बैंकले महाराजगंज (३० गते), बालाजु (३० गते), नयाँ बानेश्वर (३० गते) त्रिपुरेश्वर (३० गते), न्युरोड (३१ गते) १० देखि १ बजेसम्म खुल्ने ।

तिनधारा र ललितपुर भने दशै बिदा अवधिभर सम्पूर्ण दिन खुल्नेछन् । त्यस्तै उपत्यका बाहिर हेटौडा, पोखरा, इटहरी, धनगढी, धरान, नारायणगढ, विराटनगर र बुटवल असोज ३० गते १० देखि १ बजेसम्म खुल्ने । विरगंज र नेपालगंज भने ३१ गते १० देखि १ बजेसम्म खुल्नेछन् ।

जनता बैंक नयाँ बानेश्वर ३० गते र न्युरोड ३१ गते खुल्नेछ । वीरगंज, नारायणगढ, मिलनचोक बुटवल, भैरहवा, धनगढी  ३० र ३१ गते खुल्ने, महेन्द्रनगर र घोराही शाखा भने ३० गते खुल्ने । यि सबै शाखा १० देखि १ बजेसम्म खुल्नेछ । 

स्ट्याण्डर्ड चार्टड बैंक  नयाँ बानेश्वर (३१ र १ गते), लाजिम्पाट (३० र ३ गते) न्युरोड ( ३० गते) यी सबै ९ः३० देखि १२ः३० सम्म खुल्नेछन् ।  ललितपुर (११ बजेदेखि २ बजेसम्म) १ र ३ गते खुल्ने र बौद्ध ३१ गते २ बजेदेखि ५ बजेसम्म खुल्ने    बिराटनगर र पोखरा (३० र १ गते), नेपालगञ्ज, नारायणगढ र बुटवल (१ गते), धरान (३० र ३१ गते) ११ बजेदेखि २ बजेसम्म खुल्नेछन् । नरायणगढ  शाखा भने २ बजेदेखि ५ बजेसम्म खुल्नेछन् ।

माछापुच्छे बैंक लाजिम्पाट (३० गते) , न्युरोड (३० गते)  र नयाँ बानेश्वर (३० र ३१  गते), भक्तपुर र न्युरोड  (३१ गते), पुतली सडक (३१ गते) ११ बजेदेखि २ बजेसम्म खुल्ने छ भने उपत्यका बाहिर भैरहवा ९ देखि १२ बजेसम्म (बनेपा (३० र ३१ गते), विरगंज (३० र ३१ गते), बुटबल (३० गते), दमौली र इटहरी ( ३० गते), जनकपुर (३० र ३१ गते), लेखनाथ र मादी (३० गते), महेन्द्रपुल (३० र ३१ गते) ११ बजेदेखि २ बजेसम्म खुल्नेछ । 

सनराइज बैंकका शाखा  गैरीधारा  (१२ बजेदेखि २ बजेसम्म) र गावाहल (१० देखि १२ बजेसम्म) यी दुबै शाखा  ३० गतेदेखि ३ गतेसम्म खुल्ने, भक्तपुर ३० र ३१ गते ११ बजेदेखि  १ बजेसम्म खुल्ने    विरगंज (३१, ३१, १ र २ गते), विराटनगर, पोखरा, नारायणगढ (३० र ३१ गते), गाइघाट (३०, ३१ र १ गते ) १० बजेदेखि १ बजेसम्म खुल्ने छ । 

सेञ्चुरी बैंक पुतलीसडक ३०, ३१ र ३ गते ११ बजेदेखि २ बजेसम्म, न्युरोड ३० र ३१ गते  १ बजे देखि ४ बजेसम्म र मानभवन ३० र ३१ गते १० देखि १ बजेसम्म खुल्ने छ भने उपत्यका बाहिर धुलिखेल, पोखरा, विराटनगर, इटहरी, विर्तामोड, विरगंज, जनकपुर, बुटवल, भैरहवा, नेपालगंज, धनगढी ३० देखि ३१ गते ११ बजेदेखि २ बजेसम्म, टिकापुर शाखा ३०, ३१ र ३ गते सम्म खुल्ने बैंकले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?