‘प्रसाद’ फिल्मको गीत रिलिज, विपिन बने गायक (भिडियो)

काठमाडौं । चलचित्र ‘प्रसाद’ को गीत सार्वजनिक भएको छ । काठमाडौंमा आज (आइतवार) एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो । कार्यक्रममा नम्रता श्रेष्ठ, निश्चल बस्नेत, दिनेश राउत, सुशील पौडेल लगायत उपस्थित थिए ।

‘बनकी चरी’ बोलको गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर रहेको छ भने संगीत सुवास भुसालको छ । बी पाण्डेले लेखेका शब्दमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा अञ्जली अधिकारी, निश्चल बस्नेत, विपिन कार्की लगायतलाई फिचरिङ गरिएको छ । गीत लोकशैलीको छ भने विपिन कार्की उक्त गीतमा गायकका रुपमा प्रस्तुत भएका छन् । नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत, अञ्जली अधिकारी लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

यस्तै फिल्मको कथा सुशील पौडेलले लेखेका हुन् । सुवास थापाले निर्देशन गरेको यो फिल्ममा निःसन्तान दम्पतीको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा लोेकेश बज्राचार्यको सम्पादन, शिव बिकको कोरियोग्राफी र राजेश श्रेष्ठको छायांकन छ । 

चलचित्र आउँदो मंसिर २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?