अझै बायोग्राफी लेख्ने बेला भएको छैन: नम्रता श्रेष्ठ

काठमाडौं । नायिका नम्रता श्रेष्ठले आफ्नो बायोग्राफी लेखिने भन्दै आएका समाचार हल्ला मात्र भएको बताएकी छिन् । काठमाडौंमा आयोजित ‘प्रसाद’ फिल्मको गीत सार्वजनिकीकरण कार्यक्रममा बोल्दै आफूले कुनै बायोग्राफी नलेखाएको बताएकी हुन् ।

गीत सार्वजनिक कार्यक्रममा पत्रकारले तपाईंले बायोग्राफी लेखिरहनुभएको छ भन्ने हल्ला आइरहेको छ नि, के यो सत्य हो? भन्दै प्रश्न सोधेका थिए । उनले लगत्तै प्रश्नको उत्तर दिँदै यो हल्ला भएको बताइन् ।

‘मैले बायोग्राफी लेख्ने बेला भएको छैन, सन् २०१५ मा एक लेखक मकहाँ बायोग्राफी लेख्ने भन्दै आउनुभएको थियो, मैले अस्वीकार गरेँ, मेरो बायोग्राफी मेरो स्वीकृतिविना लेख्नुभयो भने कानूनी प्रक्रिया त छँदैछ नि ।’, उनले भनिन् ।

यता बजारमा भने नायिका श्रेष्ठले आफ्नो बायोग्राफी लेख्दै गरेको खबर आइरहेको थियो । नम्रताले भने अझै बायोग्राफी लेख्ने बेला नभएको भन्दै आफूले अस्वीकार गरेको बताइन् । ‘पख्नुस्, न अझै केही फिल्म खेल्न दिनुस्, बायोग्राफी लेख्ने बेला भएको छैन ।’, उनले भनिन् ।

कार्यक्रममा ‘बनकी चरी’ बोलको गीत सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा नम्रतासँगै निर्देशक दिनेश राउत, अभिनेता विपिन कार्की, स्किृप्ट राइटर सुशील पौडेल लगायत उपस्थित थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?