‘जय भोले’ को बुकिङ खुल्यो, क्युएफएक्समा २४ शो

काठमाडौं । फुलपातीको दिन अर्थात् यही असोज ३० गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘जय भोले’ को बुकिङ खुलेको छ । चलचित्रले मल्टिप्लेक्स हलहरुमा राम्रो शो पाएको छ ।

काठमाडौंस्थित मुख्य मल्टिप्लेक्स हल क्युएफएक्सले फुलपातीको दिनका लागि २४ शो बुकिङ खुलाएको छ भने चावहिलमा रहेको एफक्युब, गोंगबुको बीएसआर, कमलपोखरीको बिग मुभिज र दरबारमार्गको क्युज सिनेमा हलमा पनि बुकिङ खुलाएका छन् ।

अशोक शर्मा निर्देशित कमेडी जानराको यो फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत लगायत कलाकारको मुख्य भूमिका रहेको छ । बाह्र वर्षपछि निर्देशक शर्माले नयाँ तथा पुराना कलाकारलाई लिएर फिल्म निर्देशन गरेका हुन् । कमेडी शैलीको यो चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने निर्माण टिमले बताउँदै आएको छ ।

केही महिनाअघि चलचित्रले सार्वजनिक गरेको गीत ‘उम्लियो भने पोखिन्छ’ ले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?