यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि १ अमेरिकी डलरको खरिददर ११७ रूपैयाँ ४० पैसा र बिक्रीदर ११८ रूपैयाँ तोकेको छ ।

युरोको खरिददर १३५ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३६ रूपैयाँ ४४ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ २८ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ ६० पैसा र बिक्रीदर ८४ रूपैयाँ २ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ४६ पैसा र बिक्रीदर १० रूपैयाँ ५२ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ९७ पैसा र बिक्रीदर १७ रूपैयाँ ५ पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ ३० पैसा र बिक्रीदर ३१ रूपैयाँ ४६ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ २४ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४० पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रूपैयाँ १३ पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ २६ पैसा र बिक्रीदर २८ रूपैयाँ ४० पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ३८ पैसा र बिक्रीदर १० रूपैयाँ ४३ पैसा, कुवेती दिनार १ को खरिददर ३८७ रूपैयाँ ४१ पैसा तथा बिक्रीदर ३८९ रूपैयाँ ३९ पैसा र बहरार्इन दिनार १ को खरिददर ३११ रूपैयाँ ४२ पैसा तथा बिक्रीदर ३१३ रूपैयाँ १ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?