२ वटा कम्पनीलार्इ मात्र कमोडिटी मार्केट सञ्चालन गर्न दिने तयारी

काठमाडाें : नेपाल धितोपत्र बोर्डले नेपालमा वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालनका लागि अावेदन परेका ५ मध्ये २ वटा कम्पनीलार्इ मात्र अनुमति दिने भएको छ । ५ वटै कम्पनीलार्इ अनुमति दिँदा ती कम्पनीले कारोबार गर्नका लागि पर्याप्त कमोडिटी (बस्तु) अभाव हुने भन्दै बोर्डले योग्यता पुगेपनि ५ मध्ये २ कम्पनीलार्इ मात्र कमोडिटी मार्केट सञ्चालनको अनुमति दिने मनस्थिती बनाएको छ । 

कमोडिटी मार्केट सञ्चालनका लागी अनुमति मागेका सबै ५ कम्पनीहरूले मापदण्ड भने पुरा गरेका छन् । सबै कम्पनीको मापदण्ड पुगेकाले कुन कम्पनीलार्इ दिने र कुन कम्पनीलार्इ नदिने भन्नेबारे बोर्ड अन्याैलमा परेको छ । मार्केट सञ्चालनका लागि कम्पनी घटाउनुपर्ने भएपछि बोर्डले ५ वटा कम्पनीहरूलार्इ एक अापसमा गाभिएर २ वटा कम्पनीका रूपमा अाउन सल्लाह दिएको थियो । तर, कम्पनीहरू मर्ज हुन नमानेपछि बोर्डलार्इ कुन कम्पनी छान्ने भन्नेबारे सकस परेको छ । 

कून कम्पनीलार्इ कमोडिटी बजार सञ्चालन अनुमति दिने र कुनलार्इ नदिने भन्नेबारे अावश्यक निर्णय गर्न अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीको संयोजकत्वमा अध्ययन समिति नै गठन गरेपछि यो समितिले अहिलेसम्म अावश्यक निर्णय गर्न सकेको छैन । 

नेपालमा कमोडिटी मार्केट सञ्चालनका लागि व्यवसायिक घराना, उच्चपदस्थ अधिकारीहरूदेखि गैर अावासीय नेपाली संघ (एनअारएनए) सम्मले र्इच्छा देखाएका छन् । तर, सवैलार्इ सञ्चालन अनुमति दिँदा बजारले धान्न नसक्ने र अनावश्यक विवाद बढ्ने हुँदा बोर्डले अहिलेसम्म यसबारे निर्णय गरेको छैन । हाल नेपाल कमोडिटी एक्सचेन्ज, नेपाल मर्कन्टाइल एक्सचेन्ज, कमोडिटी फ्युचर एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड र राइजल कमोडिटी एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेडले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी सबै कम्पनीले वस्तु विनिमय बजार सम्बन्धी नियमावली २०७४ मा उल्लेखित सबै मापदण्ड पूरा गरेको गरेको बोर्डले जनाएको छ । 

यसबीचमा धितोपत्र बोर्डले नयाँ नियमावली जारी गरेपछि अहिले कुनै पनि बस्तु विनिमय बजार सञ्चालनमा रहेका छैनन । नयाँ प्रावधानअनुसार काम गर्नुपर्ने भएपछि पुराना कम्पनीहरूसमेत निष्कृय भएका हुन् । नेपालमा यसअघि कमोडिटी एन्ड मेटल एक्सचेन्ज नेपाल (कोमेन), मर्कण्टाइल एक्सचेञ्ज नेपाल (मेक्स), वेल्थ एक्सचेञ्ज प्रालि (वेक्स), नेपाल डेरिभेटिभ एक्सचेञ्ज (एनडेक्स), एसियन डेरिभेटिभ एक्सचेञ्ज (एडिएक्स), डेरिभेटिभ एन्ड कमोडिटी एक्सचेञ्ज (डीसीएक्स), कमोडिटी फ्युचर एक्सचेञ्ज (सीएफएक्स), एभरेष्ट कमोडिटी एक्सचेञ्ज (इसीएक्स) र आरसीडीएक्स कमोडिटीज एक्स्चेञ्ज कम्पनी सञ्चालनका लागि दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?