खाता खोल्ने ग्राहकलार्इ नेपाल बंगलादेश बैंकले २५ ग्राम चाँदी दिने

काठमाडाैं : अाफ्नो बैंकमा खाता खोली १ लाख रूपैयाँभन्दा बढी निक्षेप जम्मा गर्ने नयाँ ग्राहकलार्इ नेपाल बंगलादेश बैंकले २५ ग्राम चाँदीको सिक्का दिने भएको छ । 

सगाैरव बचत खाताअन्तर्गत बैंकले ल्याएको शुभकामना योजनामा यस्तो अफर रहेको उल्लेख छ ।

नयाँ खाता खोल्ने ग्राहकले चाँदीको सिक्कासँगै निःशुल्क भिसा डेविट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङरएसएमएस अलर्ट, डिम्याट खाता, अन्तर शाखा कारोबार र सिआस्वा सेवा पाउने छन् भने  बैंकले१ वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुट पनि दिने छ। 

हाल नेपाल बंगलादेश बैंकका ४३ वटा शाखा, ७ वटा शाखा रहित बैंकिङ सेवा केन्द्र र ४३ वटा एटिएम बुथ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?