विराटनगर भन्सारबाट डेढ अर्बको कपडा अायात

मोरङ: नेपालीहरूको महत्वपूर्ण चाडबाड शुरू भएसँगै पूर्वको विराटनगर भन्सार हुँदै डेढ अर्ब रूपैयाँ बराबरको कपडा अायात भएको छ । साउन १ गतेदेखि असोज २२ गतेसम्म यो भन्सारबाट १ अर्ब ४६ करोड ३४ लाख ११ हजार रूपैयाँभन्दा बढी मूल्य बराबरको लत्ताकपडा अायात भएको हो । 

अन्य महिनाहरूमा मुस्किलले १ करोड रूपैयाँबराबरको कपडा भित्रने गरेकोमा दशैंको छेको पारेर एकै महिनामा अायातकर्ताले डेढ अर्बको कपडा भित्र्याएका हुन् । भदाै महिनामा मात्र ७८ करोड ३२ लाख ७२ हजार रूपयाँ बराबरको कपडा भित्रिएको भन्सार विभागका तथ्यांक अधिकृत रामप्रसाद वाग्लेले जानकारी दिए । 

नेपालमा गत अार्थिक बर्षमा मात्रै ४ अर्ब ६५ करोड ५१ लाख ४८ हजार रूपैयाँ बराबरको लत्ताकपडा भित्रिएको थियो । नेपालमा इटाली, चीन, बंगलादेश, थाइल्याण्ड, अमेरिका, पाकिस्तान, इन्डोनेसिया, कोरिया, निकारागुआ, ओमन, जापान, ताइवान, भियतना र भारत लगायतका मुलुकहरुबाट विभिन्न डिजाइनका लत्ताकपडा आयात हुने गरेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?